Logo

सैनिक अस्पतालले माग्यो करार सेवामा कर्मचारी



काठमाडौं, माघ १८। नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले करार सेवामा ६८ जना मेडिकल कर्मचारी माग गरेको छ । अस्पतालले कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा माग आवेदन जारी गरेको हो ।

अस्पतालले ५० जना स्टाफ नर्स, १० जना बिएन र बिएस्सी नर्स माग गरेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् भने बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । त्यस्तै, एमबिबिएस उत्तीर्ण एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृतसमेत माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्