काठमाडौं, १८ माघ । सरकारले सोनाम ल्होसारको अवसर देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै यसअघी जस्तै भोलिपनि सेयर बजार पनि बन्द हुनेभएको छ ।
नेपाल स्टक एक्सचेन्जको नियम अनुसार शुक्रबार, शनिबार र सार्वजनिक विदामा सेयर बजार बन्द हुने गरेको छ ।