काठमाडौं,१८ माघ । आज (मंगलबार) नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ । नेप्से आज ०.६७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० विन्दुमा पुगेको छ ।
यस्तै, आज कारोबार रकम समेत हिजोको तुलनामा केहि बढेको छ । कूल २२३ वटा कम्पनीको एक करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह बढेको छ ।
मंगलबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड एक लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय १८ रूपैयाँ १० पैसा पुगेको छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।