एजेन्सी । फिफा विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले शानदार जीत निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४-० गोलले पराजित गरेको हो ।
मागाल्हाएस पिन्टोमा भएको खेलमा ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कौन्टिनहो, एन्टोनी र रोद्रिगोले एक/एक गोल गरे । पहिलो हाफको २८ औं मिनेटमा मार्किन्होसको पासमा राफिन्हाले गोल गर्दै ब्राजिललाई खेलमा अगाडि बढाएका थिए । ६२ औं मिनेटमा मार्किन्होसकै पासमा कौन्टिनहोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।
८६ औं मिनेटमा रिबेरोको पासमा एन्टोनीले गोल गर्दै ब्राजिललाई सहज जीततर्फ अगाडि बढाए । ८८ औं मिनेटमा गुइमरेसको पासमा रोद्रिगोले गोल गर्दै ब्राजिललाई ४-० गोलको शानदार जीत दिलाए ।
जीतसँगै ब्राजिल १५ खेलबाट ३९ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित पाराग्वे १६ खेलबाट १३ अंक जोड्दै तालिकाको नवौं स्थानमा यथावत छ ।