Logo

एमाले सचिवालय बैठक आज दिउँसो बस्दै



काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको आज दिउँसो १ बजे बैठक बोलाएको छ । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने जनाइएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्