Logo

‘स्थानीय तहको निर्वाचन तुरुन्त गर’ भन्दै अनेरास्ववियुद्धारा सडक बहसको आयोजना’ (फोटोफिचर)



काठमाडौं, १९ माघ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन तुरुन्त गर्न माग गर्दै आजबाट सडक बहस सुरु गरेको छ ।

सरकारलाई निर्वाचनको लागि दबाब दिनको लागि अनेरास्ववियुले सडक बहसको आयोजना गरेको हो ।

तर, सरकारले हिजो निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नेबारे समझदारी गरिसकेको छ।

बहसको लागि अधिवक्ताहरु बाबुराम दाहाल, सुनिलकुमार पोखरेल र रुद्र पोखरेल सहभगाी छन् ।

कार्यक्रमको अध्यक्षता भने अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले गरेकी छिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्