काठमाडौं, १९ माघ । लामो समयदेखि कलेजोको समस्यासँग भिड्दै आएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका टिकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गरेका हुन् ।
उमेरका आधारमा टिकरीले मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट अनिवार्य अवकाश लिएका थिए । उनलाई कलेजोमा समस्या देखिएपछि उपचारका लागि भारत लगिएको थियो । डा टिंकरीको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको हो।
प्रत्यारोपण सफल भएपछि डा टिंकरी आफैले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै प्रत्यारोपण सफल भएको जानकारी दिएका हुन्।
दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा सुभाष गुप्ताको टोलीले प्रत्यारोपण गरेको र छोराले आफूलाई कलेजो दान दिएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्।