Logo

समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउँछः महामन्त्री शर्मा



काठमाडौं, १९ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउन निर्देशन दिने बताएका छन् । बुधबार कुरा गर्दै शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने स्पष्ट पारेका हुन् ।

महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने जिकिर गरे । कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए । File Photo

 



प्रतिक्रिया दिनुहोस्