काठमाडौं, २० माघ । पूर्वधार विज्ञ गुरु भट्टराईले आफु रेल विभागमा भएको समयमा भारतले असहयोग नगरेको बताएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भारत सरकारले रेल विभागको हकमा नेपाल सरकारलाई सहयोग गरेको दाबी गरेका हुन् ।
साथै, उनले छिमेकी राष्ट्र भारत र चीनले नेपालमा एमसीसी पास गर अथवा नगर भनेर कुनै दबाव नदिएको दाबी गरे ।‘छिमेक राष्ट्रहरु भारत र चीनले यस विषयमा बोल्नुपर्ने कुनै अवश्यकता छैन् । नेपाललाई दबाव दिएका पनि छैन्,’उनले भने ।
साथै, उनले नेपालका राजनीतिक दलहरुले एमसीसीलाई आन्तरिक राजनीतिको लुछाचुडीको विषय बनाएको आरोप लगाएका छन् ।
केहि मान्छेले एमसीसी नेपालको कानुन भन्दामाथि हुनेछ भनेर लेखिएको छ भन्दै गलत हल्ला फैलाएको उल्लेख गर्दै उनले एमसीसी नेपालको हितमा रहेको दाबी गरे ।