Logo

दूधको भन्दा पेट्रोलको मूल्य दोब्बर, किसान मारमा बिचौलिया मालामाल



काठमाडौं, २० माघ । दूध प्रतिलिटर ९० रुपैयाँ पुग्ने भएको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरेसँगै उपभोक्ता मूल्य कम्तिमा १० रुपैयाँ बढाउन डेरी उद्दोगहरुले दबाब दिएसँगै ९० रुपैयाँ पुग्ने सम्भावना देखिएको हो ।

दूग्ध विकास संस्थान डीडीसीले हाल उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेकोमा बजारमा प्रतिलिटर ८० रुपैयाँ तिर्ने गरेका छन् । अब १० रुपैयाँ बढाइए ९० रुपैयाँ पुग्ने भएको हो ।

डीडीसीले कृषि मन्त्रालयमा उपभोक्ता मूल्य समायोजन गर्न तयारी गरिसकेको छ । कृषकले पाउने मूल्य, ढुवानी, संकलन, प्रशोधन, प्याकिङ, प्रशासनिक खर्च समेत अध्ययत गरी मूल्य वृद्धिको तयारी भइरहेको बुझिएको छ ।

किसानले दूधको मूल्य प्रति लिटर ५६.०४ रुपैयाँ पाउने गरी सरकारले यसै हप्ता मूल्य निर्धारण गरेको हो । योसँगै डेरी उद्दोगहरु उपभोक्ता मूल्य वृद्धि गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ राख्दा पेट्रोलको मूल्य भने प्रतिलिटर १४२ छ । दूधमा किसानले मुनाफा पाउने बिचौलियाले पाउने निकै बढी छ । दानाका सामाग्रीको मूल्य देखि गाइ भैसीं पाल्न लागत बढ्दै गएको छ । यसले दूग्ध उत्पादन घट्ने सम्भावना बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्