Logo

ट्रिपलस्टार म्यानपावरका संचालक गुरुङ पक्राउ



काठमाडौं, २० माघ । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । गुरुङलाई आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको हो ।

ग्लोबल सेक्युरिटी कम्पनी (युएई)मा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको अभियोगमा गुरुङ पक्राउ परेका हुन् ।

उक्त कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका २ जना पत्रकारहरुमाथि भौतिक आक्रमण गरिएको थियो। गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ।

 



प्रतिक्रिया दिनुहोस्