काठमाडौं, २१ माघ । मुक्तिनाथ विकास बैंकले पोखराको होटेल ड्र्यानडलियनसँग सम्झौता गरेको छ । बैंक र होटलबीच सम्झौता भएसँगै बैंकका ग्राहकले उक्त होटलमा छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट, रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।