काठमाडौं, २१ माघ । नेपाली फिल्म उद्योगका चर्चित कलाकार सुनिल थापाले बलिउड फिल्ममा फेरी अभिनय गर्ने भएका छन् । थापाले बलिउड फिल्म ‘काजी’ मा काम गर्ने भएका हुन् । फिल्मको सुटिङ लागि अहिले सुनिल मुम्बईमा छन् ।
मुम्बई पुगेका सुलिनले नेपाली फिल्म ‘लाखे’मा अभिनय नगर्ने भएकै कारण ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार राखेको छ ।