काठमाडौं, २२ माघ । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ ।
शुक्रबार राति भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित हुँदै युनाईटेड बाहिरिएको हो ।
२५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
खेलको २०औं मिनेटमा युनाईटेडले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोले त्यसलाई सदुपयोग गर्न सकेनन् ।
६४औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सब्रोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेल निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा युनाईटेडका एन्थोनी इलंगा गोल गर्नबाट चुके ।
ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र हुवान माटाले गोल गरे।
मिड्ल्सब्रोका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे ।