Logo

महावीर पुन नेपाल बैंकको एम्बेस्डरमा पुनः नियुक्त



काठमाडौं, २२ माघ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा रहेका डा. पुनलाई पुनः नियुक्त गरिएको हो ।

उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुनले गौरवमय इतिहास बोकेको संस्थाको ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्