Logo

एकीकृत समाजवादीका राय राज्यमन्त्री नियुक्त



काठमाडौं, २३ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक राज्यमन्त्री थप गरेका छन्। राउतले आइतबार नेकपा (एकीकृत समाजवादी) बाट नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मधेश प्रदेशका मुख्यमन्त्री राउतले रायलाई उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । आज बिहान एक कार्यक्रमबीच प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाउने सहमति भएको थियो। File Photo

 



प्रतिक्रिया दिनुहोस्