काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिका भित्रका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ ।
महानगरपालिकाको अनुसार माघ २४ गतेदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाइने कार्यक्रम रहेको छ । । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइने महानगरको स्वास्थ्य विभागल जनाएको छ ।
महानगरका सबै वडामा शनिबार बाहेक सबै दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ। यसका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ।
फाइजरको पहिलो डोज लगाएको २१ दिन पूरा भएका बालबालिकाले खोप लगाउन सक्नेछन्। यसका लागि पहिलो डोज लगाएको खोप कार्ड बोकेर नजिकको खोप केन्द्रमा जान महानगरले अनुरोध गरेको छ।