Logo

क्लास्सिक टेकको सापटी सेवा सञ्चालनमा, ७ दिन नतिरेपनि इन्टरनेट चलाउन मिल्ने



काठमाडौं, २३ माघ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले “Renewal Sapati” सुबिधा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले Classic Tech App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्नेछन् ।

यस्तो ७ दिन सम्मको सुबिधा नेपालमानै पहिलो पटक क्लास्सिक टेकले ल्याएको हो । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १ दिन देखि ७ दिन सम्म renewal सापटी लिन मिल्ने छ।

ग्राहक ले यो सुबिधा लिन को लागी आफ्नो Classic Tech को App Login गरेर customer portal मा गएर गर्नु पर्ने हुन्छ।  http://onelink.to/v4u3t9 यो लिंक बाट App Download गर्न सकिने छ।

कम्पनीको मुख्य उद्देश्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको जनाएको छ । यो बिषेस अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने छ।

यो कम्पनी नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक को वेब साइट https://www.classic.com.np/मा गएर थप जानकारी लिन सकिने छ ।

 



प्रतिक्रिया दिनुहोस्