Logo

कमल थापा र राजेन्द्र लिङदेनबीच आइसब्रेस, वन टु वन भेटवार्ता



काठमाडौं, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच वन टु वन भेटवार्ता भएको छ । दुई नेताबीच विवाद अन्त गर्ने सूत्रबारे महत्वपूर्ण कुराकानी भएको छ । राप्रपा महामन्त्री भुवन पाठकले थापा र लिङदेनबीच भेटवार्ता भएको खुलासा गरे ।

‘उहाँहरुबीच शनिबार महत्वपूर्ण भेटवार्ता भएको छ,’ थापा र लिङदेनबीचको भेटवार्ताबारे रिपोर्टर्स नेपालको साक्षात्कारमा आइतबार खुलासा गर्दै पाठकले भने । उनले राप्रपामा आइसब्रे भएको बताए ।

नेताहरु सबै विवाद अन्त गरी मिलेर जाने सहमति भएको बताए । उनले भने,‘राप्रपा कुनै हालतमा फुट्न नदिने प्रतिवद्धता दुवै नेताबाट भएको छ ।’

राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि थापा लिङ्देनसँग रुष्ट छन् । उनले बोलचाल समेत गरेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्