सर्लाही, २३ माघ: विगत दुई दिनको वर्षाका कारण त्यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पु¥याएको उनीहरुको गुनासो छ । दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए ।
उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ । जिल्लामा रहेका ९३ इँटा उद्योगमा वर्षाले करिब रु ३५ करोड मूल्य बराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका ९३ उद्योगमध्ये ८४ इँटा उद्योग हाल सञ्चालनमा रहेका छन् ।-रासस/File Photo