Logo

गोपाल किराँती पार्टीबाट बर्खास्त, नयाँ अध्यक्षमा रायमाझी चयन



काठमाडौं, २४ माघ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को ८औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाएको छ । किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको पार्टीले जनाएको छ । उक्त बैठकले पार्टीको अध्यक्षमा भने आलोक रायमाझीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

रायमाझीले किराँतीमा सुरुदेखि नै वैचारिक विचलन आएको उल्लेख गरे । उनले भने,‘उहाँमा सुरुदेखि नै वैचारिक विचलन थियो, उहाँले मालेमावादको कभरमा बुद्ध धर्मको प्रचारकको रुपमा भूमिका खेलेको र आर्थिक प्रलोभनमा परेको जानकारी भएपछि पार्टीले अध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।’ रायमाझी अध्यक्ष बन्नुअघि पार्टीमा उपाध्यक्षको भूमिकामा थिए । file photo



प्रतिक्रिया दिनुहोस्