Logo

इन्भेस्टमेन्ट बैंकको ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’



काठमाडौं, २४ माघ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले २६औं वार्षिकोत्सवको अवसरमा उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको हो। बैंकको अनुसार यसमा निक्षेप रकम २० वर्षमा ६ गुणा हुने छ।

यस्तै, न्यूनतम १० हजारमा जुनसुकै उमेरका व्यक्तिले खाता खोल्न सक्नेछन् । यसमा निःशुल्क क्रेडिट कार्ड सुविधा छ भने ९० प्रतिशतसम्म कर्जा निकाल्न सकिने बैंंकले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्