काठमाडौं, २४ माघ । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । आज (सोमबार) सिंहदरबारस्थित् मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।
मन्त्रीको कार्ययोजनामा स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ ।