काठमाडौं, २४ माघ । सरकारले केपी शर्मा ओलीको पालामा भएका राजनीतिक नियुक्ति पाएकाहरुलाई बर्खास्त गर्ने सिलसिलालाई निरन्तरता दिएको छ । यस क्रममा आज मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ ।
आज बसेको बैठकले अध्यक्ष डा. किरण पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो । मन्त्रिपरिषदमा वनमन्त्रीन्त्री रामसहाय यादवले प्रक्रिया मिलाएर बर्खास्त गर्न प्रस्ताव लगेका थिए । उनीहरुले पदीय अधिकार दुरुपयोग गरी आफ्नो जिल्लामा बजेट लगेको भन्दै स्पष्टिकरण सोधिएको थियो ।
मन्त्री यादवले पदाधिकारीहरुलाई राजीनामा दिन दबाब दिएपनि मानेका थिएनन् । त्यसपछि स्पष्टिकरण सोधेर उनीहरुलाई मन्त्रिपरिषदबाट बर्खास्त गर्ने निर्णयमा सरकार पुगेको हो ।