बुटवल, २५ माघ । लुम्बिनी विकास कोषले कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण)लाई नियुक्त गरेको छ । सोमबार मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि पत्रकारीतामा आवद्ध भट्टराई रुपन्देहीको देवदह स्थायी वासिन्दा हुन् । भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज पनि हुन् ।