काठमाडौं, २५ माघ । शनिबारबाट बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा आयोजक चीनले सबैभन्दा धेरै पदक जितेको छ ।
चीनले तीन स्वर्ण र दुई रजत पदक हात पार्दै पदक तालिकाको शिर्ष स्थानमा रहन सफल भएको छ ।
दोस्रो स्थानमा रहेको स्वीडेनले तीन स्वर्ण जितेको छ ।
सात पदक जित्दै तेस्रो स्थानमा रहेको रुसले दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक आफ्नो पोल्टामा पारेको छ ।
यस्तै, नेदरल्यान्ड्सले पनि दुई स्वर्ण, दुई रजत र एक कास्य पदक हात पारेको छ ।
जर्मनी, नर्वे र स्लोभेनिया समान दुई÷दुई स्वर्ण जितेका छन् । यस्तै, जर्मनीले एक रजत, नर्वेले तीन कास्य र स्लोभेनियाले एक कास्य जितेका छन् ।
आठौं र नवौं स्थानमा रहेका इटाली र अष्ट्रीयाले समान पाँच÷पाँच पदक जितेका छन् । जसअन्तर्गत इटालीले एक स्वर्ण, तीन रजत र एक कास्य जितेको छ भने अष्ट्रीयाले एक स्वर्ण तथा दुई रजत र दुई कास्य समेत हात पारेको छ ।
छ पदक जितेको क्यानाडाले एक स्वर्ण, एक रजत र चार कास्य जितेको छ ।
जापान र स्वीट्जरल्यान्डले समान एक स्वर्ण र दुई कास्य जितेका छन् । जापानले थप एक रजत पदक समेत जितेको छ ।
अष्ट्रेलियाले एक स्वर्ण र एक कास्य तथा न्यूजिल्यान्डले एक स्वर्णमा चित्त बुझाँएको छ ।
फ्रान्स र अमेरिकाले समान चार÷चार रजत पदक जितेका छन् भने हंगेरीले दुई कास्य हात पारेको छ ।
यस्तै, फिनल्यान्ड र पोल्यान्डले समान एक–एक कास्यमा चित्त बुझाँउन बाध्य भएका छन् ।