काठमाडौं, २५ माघ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी चैत्र १२ गते हुने भएको छ ।
परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरु प्रविणता प्रमाण पत्र तह नर्सिङ वा वी.एस्सी नर्सिङ उत्तिर्ण भएको हुनुपर्ने जनाएको छ ।
परिषद्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरुले भोलि (माघ २६ गते)देखि फागुन २६ गतेसम्म अनलाइन फारम बुझाउन सक्नेछन् ।
परिषद्ले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले फागुन २७ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्म सक्ने व्यवस्था गरेको छ ।