काठमाडौं, २५ माघ । डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै जनमत पार्टीले योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन समेत आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै डा. राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नामलाई विभिन्न च्यानलबाट आएका सिफरिसहरुको आधारमा मुल्यांकन गरी अन्तिम टुंगो केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने पनि स्पष्ट पारेका छन् ।
डा. रावतद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउनु हुन अनुरोध छ ।’
विभिन्न च्यानलनबाट आएको नामहरुको अन्तिम निर्णय केन्द्रीय कार्यकारीणी समितिले गर्ने पनि पार्टीले जनाएको छ ।