Logo

कमल थापालाई आफ्नैले साथ नदिने



काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका कमल थापालाई आफ्नैले साथ नदिने भएका छन् । उनले मकवानपुरमा गएर पार्टी छाडेको घोषणा गरेपछि लामो समय साथ दिएकाहरु अलमलमा परेका छन् ।

२२ माघमा बूढानिलकण्ठमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लिएर कमल थापालाई भेटाएकाहरु नै अप्ठ्यारोमा परेका छन् । राप्रपामा कमल थापालाई लामो समय देखि साथ दिएकाहरुमध्येका नेताहरुले रिपोर्टर्स नेपालसँगको कुराकानीमा आफूहरुले समस्यामा परेको बताए । उनीहरुले कमल थापालाई यथास्थितिमा साथ दिन नसक्ने बताए ।

थापालाई लामो समययता साथ दिएकाहरुमा राप्रपाका वर्तमान पदाधिकारीका बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, कुन्ती शाही, जयन्त चन्दलगायत छन् । यीमध्ये अधिकांश कमल थापालाई साथ नदिने पक्षमा छन् । प्रधानले कमल थापाले गीता छोएर राप्रपा नफुटाउने कसम खाएको सम्झाइसकेका छन् ।

महामन्त्री भुवन पाठकले कमल थापाले नयाँ पार्टी बनाएमा समर्थन नगर्ने स्पष्ट पारेका छन् । उनले आफू थापाको घोषणाबाट आश्चर्यचकित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्