काठमाडौं, २५ माघ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ अनुसार निर्वाचनको मिति तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यी हुन् सोमबार बसेको मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु