Logo

जनउत्थानको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न



काठमाडौं, २५ माघ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३ दिने आर्थिक वर्ष २०७८र०७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । माघ २०, २१ र २२ गते कास्की जिल्लाको पोखारामा भएको कार्यक्रम वित्तीय संस्थाका अध्यक्ष बावुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले वित्तीय संस्थामा भई रहेका गतिविधिहरुको मूल्याङ्ककन, समिक्षा गर्दै आगामी रणनीतिहरु तय गर्नु पर्ने र संस्थामा देखिन सक्ने हरेक प्रकृतिका जोखिमहरुको न्यूनिकरणका विषयमा समेत समिक्षा बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिए ।

अर्धवार्षिक समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्