काठमाडौं, २६ माघ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध आज ६ कम्युनिस्ट पार्टी र दुई मोचाले काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्ने भएका छन् ।
एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।
माइतीघरबाट सुरु हुने प्रदर्शन संसद भवन नयाँबानेश्वरसम्म पुग्ने जनाइएको छ । । यसबाहेक उनीहरुले आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।