Logo

युवा उद्यमी पाण्डे फर्मुला प्लस मिडियाको बिजनेश प्रमोशन कन्सलट्यान्टमा नियुक्त



काठमाडौं, २६ माघ । युवा उद्यमी प्रणवजंग पाण्डे नेपालकै प्रसिद्ध विज्ञापन कम्पनी फर्मुला प्लस क्रिएटिम एण्ड याड्स मिडिया प्रा.ली.को बिजनेश प्रमोशन कन्सलट्यान्टमा नियुक्त भएका छन् ।

कम्पनीका सञ्चालक तथा प्रवन्ध निर्देशक मनोज बोगटीले युवा उद्यमी पाण्डेजस्तो जुझारु, क्रियाशिल र व्यवसायिक व्यक्ति कम्पनीमा जोडिँदा व्यवसायिक प्रवद्र्धनमा टेवा पुग्ने र आगामी दिनमा गुणस्तरीय कार्यक्रम उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

पाण्डे घरानाका तेस्रो पुस्ताका व्यापारी हुन्, प्रणवजंग । बाजेदखि नाति पुस्ता व्यवसायमै सक्रिय छ । लोमस ग्रुपमा प्रणवका पिता प्रबलजंग पाण्डेले सिमेन्टका साथै प्रोडक्सनको पाटो हेर्छन् । काका प्रज्वलजंगले औषधी उद्योग हेरेका छन् भने अर्का काका प्रतापजंग पाण्डेको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छन् ।

नेपाल एकीकरणका एक महानायक कालु पाण्डेका वंशज प्रणवजंग पाण्डे २०५८ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका हुन् । काष्ठमण्डप स्कुलबाट एसएलसी गरेपछि उनले १२ कक्षासम्म ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढे । अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा बीबीए पढ्दैछन् ।

व्यापारमा उनको आत्मविश्वास गजबकै छ ।प्रणवका व्यवसाय गुरु या प्रेरणास्रोतचाहिँ हजुरबुबा प्रदीपजंग पाण्डे नै हुन् । पढेका कुरा कसरी व्यवहारमा ल्याउने भन्ने शिक्षा उनले हजुरबाबाटै पाए । हजुरबुबाले उनलाई दिनको एउटा न एउटा नयाँ कुरा सिकाइरहेका हुन्छन् । हजुरबा उनलाई व्यापारसँगै सामाजिक उत्तरदायित्वबारे पनि स्मरण गराइरहन्छन् । त्यसैले सानै उमेरमै उनले सामाजिक कार्यमा चाख दिन थाले ।

प्रोफाइल : जसलाई लकडाउनले १७ वर्षकै उमेरमा ‘स्यानिटाइजर किङ’ बनाइदियो



प्रतिक्रिया दिनुहोस्