Logo

राप्रपा पदाधिकारीको बैठक बस्दै



काठमाडौं, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारीको बैठक अहिले बिहान ११ः३० बजेको लागि बोलाईएको छ ।धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ ।

बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ ।

पार्टीमा अध्यक्षसहित सात जना निर्वाचित , २४ जना मनोनीत २४ गरी जम्मा ३१ पदाधिकारीहरु छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरि बाहिरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्