काठमाडौं, २७ माघ । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो ।
खेलको ३२औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।
चेल्सीले फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।