काठमाडौं, २७ माघ । र्यापर भिटेन उर्फ समीर घिसिङको युट्युव च्यानल ह्याक भएको छ । युट्युव च्यानल ह्याकरले कब्जामा लिएर च्यानलको नाम परिवर्तन गरेको खुलेको छ ।
भिटेन म्युजिक युट्युब च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर रहेका छन् । ‘भिटेन म्युजिक’ नामक उनको च्यानलबाट ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेपछि ह्याक भएको भिटेनले जानकारी पाएका हुन् ।