Logo

लोकसेवाले अन्तिम नतिजा प्रकाशन नगरेको भन्दै प्रदर्शन



loksewa logo

काठमाडौँ, २७ माघ । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले नतिजा प्रकाशन नभएको भन्दै प्रदर्शनमा उत्रेका छन् । बिहीबार परीक्षार्थीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

२०७६ मंसिरमा लोकसेवा आयोगले खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका उनीहरुको भनाई छ ।

अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गरेर परीक्षार्थिहरुले मर्का परेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्