काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा गठबन्धनलाई मनाएर एमसीसी अनुमोदन गर्नेमा नेताहरूको सहमति जुटेको छ ।
बैठकमा जनतालाई एमसीसीको बारेमा बुझाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्री डा. रामशरण महतले दिएका थिए । पार्टीका सभापति शेरबहादुर देउवाले ब्रिफिङ गर्न दिएको समयमा ब्रिफिङ गर्दै पूर्वअर्थमन्त्री महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ ।