काठमाडौँ, २८ माघ। कोरोनाको तेस्रो लहर फैलिएसँगै माघ ५ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पशुपति क्षेत्र विकास कोषले शुक्रबार (आज)देखि मन्दिर खुला गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ ।