काठमाडौं, २८ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दशौं चरणको खेलमा पहिलो हाफमा फ्रेन्ड्स क्लब दुई गोलको अघि रहेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी फ्रेन्ड्स र ब्रिगेड ब्वाईज क्लबबीचको खेलमा फ्रेन्ड्स ३–१ ले अघि रहेको छ ।
खेलको १४औं मिनेटमा फ्रेन्ड्सका सुशिल शाहले फ्रिकिक मार्फत उत्कृट गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।
यस्तै, २४औं मिनेटमा ब्रिगेड ब्वाईजका ड्याडि वाइवा जुनियरले फ्रिकिक मार्फत जवाफ दिदै खेललाई १–१ अवस्थामा ल्याए ।
तर, त्यसको दुई मिनेट पछि फ्रेन्ड्सका स्याम बाबुले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।
यस्तै, खेलको इन्जुरी समयमा मनोज राईले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।