Logo

अध्यक्ष ओलीसँगको भेटपछि कोमलले भनिन्–‘जुन भावना मसंग ठ्याम्मै मिल्यो, धन्यवाद राजनेता’



काठमाडौं, २९ माघ । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद भनेकी छिन् । वलीले अध्यक्ष ओलीले ‘राजनीति गर्नेहरुको लागि सर्वश्रेष्ठ देवता नै जनता हुन्’ भनेको कुरा आफ्नो भावनासँग पनि ठ्याम्मै मिलेको उल्लेख गर्दै ओलीलाई राजनेता भन्दै धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेकी छिन्-

दाङ आउनुअघि श्रद्धेय अध्यक्षज्यूलाई भेट्न गएँ र दाङका जनतालाई सन्देशका लागि आग्रह गरें । वहाँले भन्नु भयो “जनताको दुखसुखको साथीहो तपाईहरु,जनताको सहयोगका लागि पछि हट्नु हुँदैन ,राजनीति गर्नेहरुकालागि सर्वश्रेष्ठ देवतानै जनता हुन् ” जुन भावना मसंग ठ्याम्मै मिल्यो। धन्यवाद राजनेता ।



प्रतिक्रिया दिनुहोस्