Logo

‘जनयुद्ध दिवस’ मा मधेशमा सार्वजनिक बिदा, प्रचण्ड-उपेन्द्रको चुनावी गठबन्धनको सन्देश



काठमाडौं, २९ माघ । भोलि १ फागुनमा नेकपा माओवादी केन्द्रले देशभर ‘जनयुद्ध दिवस’ मनाउँदैछ । माओवादी जनयुद्ध सुरु भएको दिनका रुपमा यो दिवस मनाउन लागिएको हो ।

‘जनयुद्ध दिवस’ मा मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । पहिलोपटक कुनै प्रदेशमा ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिइएको हो ।

मधेशमा सार्वजनिक बिदा दिनु र माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जानु संयोग मात्र होइन । उनी मधेश प्रदेशबाट जनयुद्धमा ज्यान गुमाएका परिवारलाई राहतस्वरुप १ लाख नगद दिने कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रचण्ड र उपेन्द्र यादवबीच निकटता बढ्दै जाँदा मधेशमा जनयुद्ध दिवसमा बिदा घोषणा गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादवनिकट हुन् । प्रचण्ड र उपेन्द्र यादवबीच चुनावी गठन्धन सम्मको तयारी भइरहेको बुझिएको छ । उपेन्द्र यादव पनि पूर्वमाओवादी नेता हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्