Logo

सरकारले एमसीसी टेबुल गराए सभामुखले बहस गराउनुपर्छ, रोक्ने अधिकार छैन् : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २९ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो इशारा अनुसार चलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले सरकारले एमसीसी प्रस्ताव संसदमा टेबुल गरे सभामुख सापकोटाले नरोक्ने पनि बताए । उनले भने, सरकारले प्रस्ताव अगाडि बढाउ भन्यो भने उहाँले अघि बढाउनुपर्छ । रोक्ने अधिकार सभामुखलाई छैन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, प्रधानमन्त्रीले एमसीसी संसद्मा टेबुल गर्न चाहे टेबुल हुन्छ । यो रोक्न मिल्दैन् । टेबुल भयो भने हामी त त्यो प्रस्तावको पक्षमा जाँदैनौं । र, जान पनि मिल्दैन् । एमसीसीले देशलाई फाईदा नगर्ने र घाटा बढि हुन्छ भनेर आफूहरु जनतामा जाने पनि सुनाए । उनले एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारमा नबस्ने पनि खुलासा गरे ।

उनले सभामुख सापकोटाले पनि एमसीसीको बारेमा सर्बदलीय सहमति बनाउन चाहेको पनि सुनाए । उनले आम सहमति नगरी जबरजस्ती हतार गरेर एमसीसी पास गर्न नहुने धारणा राखे । उनले यदि सरकारले एमसीसी संसदमा लगेमा र सभामुखले अघि नबढाए नैतिकताका आधारमा पद त्याग्नु उचित हुने पनि बताए । उनले आफूहरुले एमसीसी पास गर्ने भनेर पाँच दलीय गठबन्धन नबनाएको पनि जिकिर गरे । उनले एमसीसी पास भयो भने आफूहरु यो यो गलत कुरा हो भनेर जनतामा जाने पनि सुनाए । एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा मिलेको सुनाए । उनले ओली राजनीतिक अडानमा भन्दापनि स्टण्टमा विश्वास गर्ने नेता भएको टिप्पणी गरे ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1118058318941438



प्रतिक्रिया दिनुहोस्