काठमाडौं, १ फागुन । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित एट्लेटिकोले गेटाफेलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १९औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । खेलको ३०औं मिनेटमा गेटाफेका बोर्जा मायोरलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
३७औं मिनेटमा इनेस उनलले गोल गर्दै गेटाफेलाई २–२ को बराबरीमा ल्याए ।
तर, खेलको ४२औं मिनेटमा गेटाफेका उनलले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा आएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३–३ को बराबरीमा फर्काए ।
५८औं मिनेटमा फिलिपेले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
साथै, खेलको ८९औं मिनेटमा मारियो हेर्मोसोले गोल गर्दै एट्लेटिकोलाई ४–३ को रोमान्चक जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले २३ खेलमा ३९ अंक जोडेको एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
गेटाफे २५ अंकका साथ १५ औं स्थानमा छ ।