काठमाडौं, १ फागुन । साताको कारोबारको पहिले दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ अंकले घटेको छ । यससँगै सूचक २७८३.८९ विन्दुमा आइपुगेको छ ।
आज प्रि ओपन सेसनमा १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७० कम्पनीको २० हजार ८ सय १३ कित्ता सेयर खरिदबिक्री भएका छन् । ८ कम्पनीको भाउ बढेको छ भने ५३ वटाको मूल्य घटेको छ ।