काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनको पछिल्लो रणनिति एमसीसी पास गर्ने भएको आरोप लगाएका छन् ।
उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ‘गठबन्धनको पछिल्लो रणनीति फाल्गुन ४ मा एमसिसी सदनमा टेबल गर्ने, माओवादी र एकिकृतका सांसदहरू अनुपस्थित रहने र संविधानको धारा २७९(२)अनुसार उपस्थित सांसदको बहुमतले पास गर्ने।’
साथै, उनले सत्ता पक्षले महाअभियोगको प्रस्ताव राज्यका संवैधानिक अंगहरूमाथि दवाव श्रृजना गराई आफ्नो स्वार्थपूर्ति गर्ने अभिप्रायकासाथ अनुचित र अनुत्तरदायी ढंगले दर्ता गरेको धारण राखेका छन् । ‘यो पहल वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा कड़ी नहोला भन्न सकिन्न।’ उनले भनेका छन् ।