काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आकस्मिक बसेको सचिवालय बैठकले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाईएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकले महाभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार पनि भनेको छ ।
प्रधानन्यायाधीश जबराविरुद्धको कदम अनुचित भएको भन्दै आजको बैठकले त्यसलाई असफल पार्ने निर्णय गरेको हो ।