Logo

धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गर्दै



काठमाडौं, २ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि ३ लाख कित्ता शेयर जारी गर्न संस्थाले प्रक्रिया अघि बढाएको हो ।

संस्थाले आईपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको जनाएको छ । धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको छ ।

संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्