काठमाडौं, २ फागुन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको सहभागिता रहेको छ ।
आजको बैठकमा सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
संसद् सचिवालयमा बैठक दिउँसो २ बजेका लागि तय भएपनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउन ढिलाइ भएकाले बैठक ढिलो सुरु भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललगायतको उपस्थिति रहेको छ । सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ ।