Logo

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर अब बिरुवाटारमा



काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई बैंकले गोरखामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई ध्यान दिँदै एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् । यो संगै बैंकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्